मोडल शोभिता सिंखडा अब हिरोइनको रूपमा पर्दामा देखिने भएकी छिन् । टेलिभिजन कार्यक्रम प्रस्तोता शोभिताले फिल्ममा पनि सोही चरित्र निर्वाह गर्ने भएकी छिन् ।
उनी मूलतः टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । एनटिभी-२ को 'सरोवर' नामक कार्यक्रममा नाच्दै झुल्किएकी शोभिता सिंखडा अहिले चलचित्रको नायिकासमेत भएकी छिन् । उनी चलचित्र 'सन्देश'मा देखिँदै छिन् । त्यो पनि सञ्चारकर्मीकै रूपमा । त्यसो त उनको वर्तमान संलग्नता पनि टेलिभिजन कर्ममै छ । नेपाल टेलिभिजनमा 'नमस्ते कलिउड' चलाउँदा- चलाउँदै उनी नायिका बन्न पुगेकी हुन् ।नायिकाहरूको विषयमा 'गसिप' प्रस्तुत गर्न माहिर सिंखडाको विषयमा कतिले गसिप बनाउने हुन् । त्यसको सामना गर्नैपर्छ उनले । तर, आफ्नो रुचिको विधामा प्रवेश पाएपछि ती सबै चुनौतीलाई स्वीकार्न तयार रहेको उनले सुनाइन् । सही कमेन्ट गरेको मनपर्छ भन्छिन् शोभिता । धेरैलाई कार्यक्रम चलाउँदा-चलाउँदै नायिका देखेकी छिन् उनले । यसरी नायिका बन्नेको सूचीमा उनको नाम थपिएको छ । 'सिनेमाको कार्यक्रम चलाउने भएकाले अभिनयमा लाग्न सहज भएको हो । धेरैसँग चिनजान भयो । कसको बौद्धिक स्तर कति छ भनेर जाँच्न सकियो,' शोभिताले भनिन् । कार्यक्रम चलाएरै दर्शकको मनोभावना बुझ्न सकेको बताउने सिंखडालाई लाग्छ अब निर्माणशैली परिवर्तनको विकल्प छैन । सुरुमा मोडलिङमार्फत अभिनयमा लाग्ने जमर्को थियो उनको । तर, उनको अभिनयको दायरा सानो पर्दाबाट फिँजिन सकेको थिएन । केही म्युजिक भिडियो र सिरियलमा सीमित थिइन् उनी । 'यसअघि पनि सिनेमाबाट अफर नआएकोचाहिँ होइन' भन्ने सिंखडाले एउटा राम्रो ब्यानर र भूमिकाको पर्खाइमा कैयौंको आग्रहलाई नकारेको खुलाइन् । 'मलाई चित्त नबुझेको चलचत्रकी नायिका हुनुभन्दा सानो पर्दाबाट नै सन्तुष्टि मिलेको थियो,' उनले नयाँ पत्रिकासँग भनिन् ।'नेपाली सिनेमा स्तरीय भएन' आफ्नै कार्यक्रममा यस्तो जनमत सुन्दा उनी आजित भइसकेकी छिन् । दर्शकको यो आरोपलाई शतप्रतिशत सत्य ठान्ने शोभिता मोजमस्ती गर्न र केटी घुमाउन पाइन्छ भनेर सिनेमा लाइनमा लाग्नेलाई दोषी मान्छिन् । आफ्नै सम्बन्धमा पनि सम्झौताको सर्त तेस्र्याउने थुप्रै आए भन्न उनी हिच्किचाइनन् । 'उनीहरूको सम्झौतामा सहमत भएको भए म अलि अगाडि नै नायिका बनिसक्थें,' उनले भनिन्, 'सिनेमामा अनुबन्धित नायिकालाई गर्ल पmेन्डको रूपमा पाइयोस् भन्ठान्ने र्माता/निर्देशकसँग म सम्झौता गर्न गइनँ । फेरि अनुहार देखाउनकै लागि सानोतिनो भूमिकामा पनि देखिनु थिएन मलाई ।' निर्माणकर्मीको मनसायसँग सम्झौता गर्नेहरूकै कारण सिनेमा उद्योगको रूपान्तरण हुन नसकेको सुनाउनसमेत उनी पछि परिनन्, 'आफ्नो क्षमतामा विश्वास नभएर सम्झौता गर्न पुग्छन् । मैले अवसरको पखाईमा समय गुजारें तर झुकिनँ ।'उनले नामै त खुलाइनन् तर सिनेमाको विषयमा कुरा गर्ने बाहना झिकेर भेट्न बोलाउने तर प्रसंगबाहिरको कुरा गरेर झुलाउने एक निर्देशकलाई सातो जाने गरी थर्काएको सुनाइन् । सञ्चारकर्ममा लागेपछि भने उनले धेरैको हेराइमा परिवर्तन पाएकी छिन् । 'पहिला गलत मनसायले हेर्ने चलचित्रकर्मीलाई पनि अचेल फरक पाएकी छु । सायद मिडियामा ल्याइदिन्छ भनेर होला,' सिंखडाले भनिन् ।
Tuesday, February 26, 2008
उनी पनि हिरोईन !
Posted by NEPALIFILMS.COM at Tuesday, February 26, 2008
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment