Google
Free Image Hosting

Sunday, March 2, 2008

माल चाहिं कस्तो छ कुन्नि ?

प्रचारबाजीमा कसैले उछिन्न नसक्ने चलचित्र निर्देशक दीपक श्रेष्ठले आफूले लगानी गरेको चलचित्र "हिम्मतः २" लाई चर्चामा ल्याउने नयाँ शैली अपनाएका छन् । त्यो शैली हो, चलचित्र "हिम्मतः२" का सबै गीत प्रशान्त तामाङलाई गाउन दिएर ।
त्यो सम्म त ठीकै थियो, तर अहिले सिनेमाको प्रचार गर्नका लागि उनले प्रशान्तले हिम्मतः२ को टी-र्सट लगाएको पोष्टर शहरभरि जताततै छरिएको छ ।
हुन पनि अहिले चलचित्रको भन्दा गायकहरुको क्रेज छ । त्यसमाथि प्रशान्त तामाङको क्रेजको त कुरै नगरुँ स्तो अवस्थामा चलचित्रको नामलाई र्सवसाधारणको मनमस्तिष्कमा भिजाउन यो जस्तो उत्तम उपाय के पो हुन सक्थ्यो र !
त्यसैले आइडिया लगाउने निर्देशक दीपक श्रेष्ठ र यो आइडियालाई सफलतापूर्वक कार्यान्वयन गर्ने सङ्गीत कम्पनी रियाज म्युजिकको बठ्याइँ त साँच्चिकै मान्नु पर्ला बा ! तर माल चाहिं कस्तो छ कुन्नि ?

0 Comments:

 

© Deependra | Deependra