Google
Free Image Hosting

Tuesday, March 4, 2008

यसै दूध खाना पाए गाई किन पाल्नु ?

एक्काइसौं शताब्दीमा आएर घट्नुको सट्टा ज्योतिष विद्या झन्झन् बढ्दै जान थालेको छ। बलिउडमा त यो फेशनकै रुपमा अघि बढेको छ। कस्तो रंगको कपडा लाउने, कस्तो हेयरस्टाइलको कपाल बनाउने, कुन ब्रान्डको गाडी चढ्नेदेखि कुन निर्देशक/निर्माता तथा फिल्म खेल्दा सफल भइन्छ भन्ने सबै थाहा पाउन बलिउड कलाकारहरु ज्योतिषिकहाँ धाउने गरेका छन्। बलिउड कलाकारझैं नेपाली चलचित्रकर्मीहरुमा पनि विस्तारै ज्योतिषशास्त्रप्रति झुकाब बढ्दै गएको छ। भर्खरै कला क्षेत्रमा संलग्नदेखि दुई–तीन दशक नै बिताइसकेका कलाकारहरु यस मामिलामा अग्रपंक्तिमा रहेका छन्। नायकहरु शिव श्रेष्ठ, भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, राजेश हमाल, निखिल उप्रेती, रमित ढुंगाना, निर्माताहरु मधुसूदन सिलवाल, छवि ओझा, निर्देशकहरु नरेन्द्र थापा, सुनील पाण्डे, मदन घिमिरे, तीर्थ थापा, शैलेश आचार्य, विकास आचार्य, नारायण पुरीलगायत थुप्रै नेपाली चलचित्रकर्मी कुनै पनि काम थालनी गर्नुपूर्व साइत जुराउन ज्योतिषीकहाँ पुग्ने गर्छन्। जसमध्ये शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, राजेश हमाल, निखिल उप्रेती, मदन घिमिरे, विकास आचार्य ज्योतिषविद्यामा धेरै विश्वास राख्नेमा पर्छन्। राजेश हमाल र विकास आचार्य भक्तपुरका रमेश नाम गरेका ज्योतिषिबाट प्रभावित छन्। ती ज्योतिषिले नायक राजेश हमालले विवाह नगर्ने भविष्यवाणी गरेका छन्। स्रोतअनुसार राजेशको विवाहको लगन नै छैन। तर राजेशको एउटा छोरा भने हुने भविष्यवाणी ती ज्योतिषिले गरेका छन्। उमेरको हिसाबले ५० वर्ष पुगेका राजेशले अहिलेसम्म विवाह नगर्नुले पनि ज्योतिषिकै भविष्यवाणी सही हुने बताउन थालिएको छ। त्यसैगरी चलचित्र लेखक विकास आचार्यको जीवनमा ती ज्योतिषिले भविष्यवाणी गरेको ठ्याक्कै मिलेको छ। ती ज्योतिषिले विकासलाई विवाह गर्नुभन्दाअघि विवाह नगर्न सल्लाह दिएका थिए। उनले यदि विकासले विवाह गरे एक वर्षभित्रै सम्बन्ध विच्छेद हुने र वैवाहिक जीवन सफल नहुने बताएका थिए। नभन्दै विवाह गरेको पाँच महिना नपुग्दै विकास आचार्यको श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ। यतिखेर विकास बरु ज्योतिषिको सल्लाह मानेको भए ठीक हुने रै'छ भन्दै बताउँदै हिँड्न थालेका छन्।

0 Comments:

 

© Deependra | Deependra