'तृप्ति फेरि नेपाली चलचित्रमा फर्किइन्। पुरानी नायिकाको आगमन पक्कै नै राम्रो हो भनेर तृप्तिको बखान गर्नेहरू धेरै नै देखियो त्यतिबेला। तर, अहिले उनको त्यसरी बखान गर्नेहरूले नै तृप्तिको विरोध गर्न थालेका छन्। सिनेमामा तृप्तिको अनुहार राख्यो भने हलमा दर्शकहरू ओइरिन्छन् भन्ने निर्माताहरूको सोच त्यतिबेला फ्लप खायो जतिबेला तृप्तिको उपस्थिति खासै उपलब्धिमूलक हुन सकेन। तृप्तिलाई सिनेमा खेलाइएमा सिनेमाको भ्यालु पनि बढ्ने आशाका साथ उनलाई आफ्नो सिनेमामा लिन निर्माताहरूबीच ताछाडमछाड नै भयो। तर, तृप्तिमाथि गरिएको लगानीको खासै अर्थ रहेन। उनले अभिनय गरेको हामी ट्याक्सी ड्राइभर र आमाको काख दुई सिनेमा नराम्ररी पछारिन पुगेपछि यतिबेला तृप्ति बेरोजगार हुन पुगेकी छिन्। उनलाई नेपाल फर्किन हौसाउनेहरूले पनि तृप्तिलाई लिन छोडेपछि अब फेरि सिक्किमतिरै फर्कने हो कि तृप्ति दोधारमा छिन्। पहिले तृप्तिसाग सिनेमाको डेट माग्न जानेहरूसमक्ष नै उल्टो अहिले तृप्ति 'खै फिल्म त खेल्नु पर्यो नि' भन्दै रोल माग्न थालेकी छिन्। काठमाडौंको महाँगो जीवनशैलीले यतिबेला तृप्तिलाई नराम्रोसँग थला पारेको छ । यस्तै हो तृप्ति आन्टी ! फूलै फूलको बगैचामा रस विनाको फूलको मूल्य कहाँ हुन्छ र ?
0 Comments:
Post a Comment