'उपयुक्त पात्र नपाएर छायांकन हुन नसकेको हो, अब फागुनको पहिलो साताबाट सुरु हुन्छ,' सैनिक हिरासतमा मरिएकी मैना सुनुवारको विषयमा चलचित्र निर्माण गर्न लागेका केपी पाठकले पत्रकार सम्मेलन गरेरै यसो भनेका थिए । तर, समय गुजि्रसक्दा पनि उनले चलचित्रको छायांकन सुरु गरेका छैनन् । खै त सुटिङ भएको भन्नेहरूलाई उनले भन्ने गरेका छन्, 'अब संविधानसभा चुनाव लाग्यो, चुनावपछि मात्रै ।' 'मुलुक नै निर्वाचनमय भएको बेला के चलचित्र बनाउनु ?,' उनले नयाँ पत्रिकासँग यसै भने । उनले मैनाजस्ती पात्रको खोजीमा एक वर्ष गुजारे । जब पात्र भेटे फेरि अर्को वाहना सुरु भयो । कतै चर्चामा रहिरहने चाल त हैन केपीको । यो शंकालाई निवारण गर्न खोजेँ, 'कहाँ त्यस्तो हुनु, गीत रेकर्डिङ सकिइसकेको छ । संविधानसभामा हामी कलाकर्मीको उपस्थिति पनि आवश्यक हुने भएकोले चलचित्र निर्माण कम महत्त्वमा परेको हो ।' त्यसो त संविधानसभा चुनाव सफल बनाउन प्रचारमूखी काम गर्ने योजना बनाएका छन् उनले । रामेशको स्वर तथा संगीतमा चलचित्रको दुईवटा गीत तयार भएको उनले बताए । 'प्रि-प्रोडक्सन'का सम्पूर्ण काम सकिएको हुँदा निर्वाचनलगतै चलचित्र छायांकनमा जुट्ने निर्देशक पाठकले सुनाए । विचरी मैना : मरे पछि पनि धर पाइन ।
0 Comments:
Post a Comment