Google
Free Image Hosting

Wednesday, March 5, 2008

पिजडाको व्यथा चरीलाई भन्दा अरुलाई के थाहा ?

बालगायक निराजन केसीले भर्खरै साहुको घरबाट मुक्ति पाएकी प्रदेशनीलाई नगद दुई हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार पढेपछि बालिकाको बारेमा जानकारी पाएर उनले सो सहयोग गरेका हुन् । साथै, उनले बालिकालाई बन्धक बनाएर राख्ने शिक्षिका प्रमिला केसी र उनका परिवारले सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा राखेका छन् 'अरूलाई सिकाउन/बुझाउने जिम्मा पाएका शिक्षिकाले गल्ती गरिसकेपछि सार्वजनिक रूपमा माफी माग्नुपर्छ,' उनले भने । 'सहारा' नाम राखेर एल्बम निकालेका ११ बर्षिय गायक निराजनले प्रतिसिडी बिक्रीबाट आएको १० रुपैयाँ अनाथ बालबालिकाका लागि खर्च गर्ने निर्णय गरेका छन् । 'म यो रकम प्रदेशनीलाई दिन चाहन्छु, मैले कुनै कन्सर्ट गर्न सकेँ भने त्यसबाट उठेको रकम उनैलाई दिन्छु,' उनले भने । स्यावास बाबु ! आखिर पिजडाको व्यथा चरीलाई भन्दा अरुलाई के थाहा ?

0 Comments:

 

© Deependra | Deependra