Google
Free Image Hosting

Monday, March 10, 2008

पूजालाई गर्दा निर्माता रोए ? बकबास !

चलचित्रकर्मी दिनेश डिसी र पूजा लामाको प्रेमसम्बन्धले बेलाबखत चर्कै रूप लिन्छ । पछिल्लोपटक भने यी दुईको सम्बन्धका कारण ठूलै मारमा पर्‍यो चलचित्र 'दानवीर' । डिसीले डेटिङका लागि सुटिङ नै छोडेर हिँडेपछि चलचित्रको छायांकन दिनभरि हल्ट भयो । अन्ततः डिसीको डमी तयार गरेर छायांकन सुचारु गर्नुको विकल्प निर्माणकर्मीसामु रहेन । चलचित्र 'दानवीर' मा खलनायकको भूमिका निर्वाह गर्ने सिलसिलामा उनी केही दिनदेखि पोखरामा थिए । तर, पूजाको फोन आएपछि उनी छायांकनस्थलबाट भागेको आरोप निर्माणपक्षले लागाएको छ । 'घरमा सुटिङमा व्यस्त रहेको बहाना बनाएर गर्लफ्रेन्डसँग मस्ती गर्न हिँडे,' निर्देशक शोभित बस्नेतले भने, 'जोसँग मस्ती गरून्, त्यो उनको निजी मामिला हो । तर, पूरै युनिटलाई धोका दिएर भने राम्रो काम गरेनन् ।' उनी व्यावसायिक जीवनमा ओरालो लाग्नुको पछाडि गैरजिम्मेवार स्वभावको हात देख्छन् बस्नेत । 'मसँग डेटिङमा जान छुट्टी मागेका थिए । काम नसकी नहुने बताएपछि भागेर गए,' उनले आक्रोश पोखे, 'आगामी दिनमा यस्ता धोकेबाजसँग सहकार्य हुनेछैन ।' अन्तिम समयमा आएर धोका दिने कलाकार डिसीप्रति निर्माता चिरञ्जीवी बस्नेत पनि खुब आक्रोशित छन् । 'सिनेमा-निर्माणको संवेदनशीलता बुझेको मान्छेले यसरी धोका देला जस्तो लागेको थिएन । यस्तो कार्यशैलीले उनको करिअरमै ठूलो धक्का पुर्‍याउँछ,' भन्ने बस्नेतले डिसीलाई चलचित्र 'दाइको ससुराली' मा निर्देशक बनाएका थिए । छायांकन नै ठप्प पारेर गायब भएका डिसी उपर उजुरी गर्ने तयारीमा रहेको उनले बताए । पोखरामा रहेका बस्नेतले नयाँ पत्रिकासँग भने, 'धोकाको बदला त लिनैपर्छ । के गर्ने भन्नेबारेमा काठमाडौं आएर निर्णय गर्छु ।' निर्माणपक्षले लगाएको आरोपमा कति सत्यता छ भन्ने बुझ्न डिसीलाई फोन गर्दा उनको मोबाइल 'अफ' थियो । पूजा मैया जस्ती अप्सराको यौवनको अगाडि त्यो नाथे फिल्मको के मूल्य ? होइन त दिनेशजी ? फेरि, उनको लागि गेटदेखि प्लेनसम्म चढेर घरकीलाई समेत धोका दिईसकेको मान्छे पो त ! कसो दिनेशजी ?

0 Comments:

 

© Deependra | Deependra