तपाई राजनीति गर्न चाहानुहुन्छ ? तर ठाउँ पाउनुभएको छैन ? त्यसो भए नेपाली चलचित्रको दुनियाँमा प्रवेश गर्नुस् । राजनीति गर्न तपाईलाई आउदैन भने पनि नआत्तिनुस् । नेपाली चलचित्रको दुनियाँमा प्रवेश गर्नुभएपछि त्यो कला पनि तपाईले आफै जान्नुहुनेछ ।
एकछिन् नेपाली चलचित्रको दुनियाँमा यतिखेर के के भईरहेको छ, नियालेर हेर्नुस् त ? नेपाली चलचित्रले राजधानीमा प्रदर्शित हुने मौका पाएन, झन् त्यो माथि जस्ले सक्यो त्यसकै मात्र चलचित्रले प्रदर्शनको मौका पाउन थालेपछि सक्नेलाई ठीक पार्न र नसक्नेलाई धाप मार्न चलचित्र निर्माता संघले राजधानीमा नेपाली चलचित्र प्रदर्शन गर्न पर्खेर पालोमा जाने क्यू प्रणालीको विकास गर्यो । चलचित्र निर्माताहरुको भलाईका लागि संघ खोलेको भए पनि त्यस्तो भलाईका कुनै कार्यक्रमहरु ल्याउन नसकेपनि संघको उपस्थिति त देखाउनै पर्यो । यस्तो अवस्थामा विचरो संघले के गरोस् त ? अनि लगाई दियो क्यू प्रणाली । तर राजनीतिमा दोब्बर तेब्बर डिग्री हासिल गरिसकेका हाम्रा सबै निर्माताहरुलाई यो ह्वीपले के लछार्न सक्थ्यो र ? मन नपरेकाहरुले मन परेकाहरु बटुले र खोले नयाँ संघ । राजनीति गर्न त आखिर बिपक्षी पनि त चाहियो नि । तर नेपाली चलचित्रको लागि न प्रतिपक्षीहरुले भूमिका खेल्न सके न त बिपक्षीहरुले नै । समस्या ज्यूँको त्यूँ नै रह्यो । तै पनि नेपाली चलचित्रको चौतर्फी विकास गर्ने डिङ हाँक्न भने सबै अगाडि नै छन् । आखिर यो भन्दा ठूलो र यो भन्दा बढी राजनीतिक बुझाई र व्यख्या अरु के हुन सक्छ र ?
Monday, March 10, 2008
राजनीति गर्ने ? चलचित्रमा छिर्नुस्
Posted by NEPALIFILMS.COM at Monday, March 10, 2008
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment