Google
Free Image Hosting

Saturday, March 15, 2008

हे राम ! सदबुद्दि देउ हाम्रा कलिउडका यी महान जोडीहरुलाई

पर्दामा आदर्श पति पत्निको रुपमा देखा पर्ने नायक नायिकाहरुको वास्ताविक दाम्पत्य जीवन चाहि झुर देखिएको छ । दाम्पत्य जीवनमा बाँधिएको केही महिना वा वर्षमै हाम्रा हिरो हिरोइनहरुले भकाभक छोडपत्रदिन थालेका छन् ।
यसक्रममा सौजन्य सुब्बा, सन्चिता लुईटेल,गौरी मल्ल,पूजा चन्द,जल शाह,दिनेश शर्माको दाम्पत्य जीवन टुटिसकेको छ । भर्खरै मात्र प्रीया रिजाल र सुष्मिता कार्कीले पनि यो पारिवारिक झमेलाबाट छुट्कारा लिएका छन् ।
सुनिनमा आए अनुसार अमेरिकी निवासी करिष्मा मानन्धर र पोहोर साल मात्र दाम्पत्य जीवनमा बाँधिएकी अरुणिमा लम्सालको पनि दाम्पत्य जीवनमा बैरीको नजर लागेको छ । जस्ले गर्दा जतिखेर पनि उनीहरुले पनि पारिवारिक झमेलाबाट छुट्कारा लिएको खबर आउन सक्छ ।
यस्तै खबरहरुको क्रममा एक्सन नायक निखिल उप्रेती पनि मिसिन आईपुगेका छन् । चलचित्र क्षेत्रमा अहिले चलेको हल्लालाई मान्ने हो भने नायक उप्रेती फेरि बच्चाको बाबु बन्ने भएका छन् । खबर अनुसार 'चियाबारी' फेमकी प्रेरणा शर्मासँग निखिलको दोष्ती राम्रैसँग जमेपछि प्रेरणाले निखिलको बच्चाको आमा बन्ने अवसर पाएकी छिन् । यो खबर एक कान दुई कान मैदान हुँदै फैलिन थालेपछि निखिलको पहिलेको दाम्पत्य जीवनमा संकट देखिन थालेको बताईन्छ ।
हे राम ! सदबुद्दि देउ हाम्रा कलिउडका यी महान जोडीहरुलाई ।

0 Comments:

 

© Deependra | Deependra