Google
Free Image Hosting

Friday, March 21, 2008

काठमाडौकी नेवार्नी मधेसीकी नेत्रीनी ?

गायिका नलिना चित्रकार मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट उम्मेदवार भएकी छिन् । उनलाई फोरमले समानुपातिक निर्वाचनप्रणालीअन्तर्गत हुने संविधानसभा सदस्य निर्वाचनमा बन्दसूचीमा उम्मेदवार बनाएको हो। संविधान र कानुनद्वारा निर्धारित योग्यता नपुगेको सम्बन्धमा नलिनाविरुद्ध कसैले आगामी चैत ११ गतेसम्म निर्वाचन आयोगसमक्ष कुनै दाबी या विरोध नगरेको खण्डमा र दाबी विरोध परिहाले पनि त्यो प्रमाणित नभएको खण्डमा उनी फोरमका तर्फबाट बन्दसूचीअन्तर्गतको उम्मेदवारका रूपमा कायम रहनेछिन्।फोरमले बन्दसूचीको उम्मेदवार बन्नका लागि प्रस्ताव राख्दा नलिना पहिले दोधारमा परिन्। गीतसंगीतको क्षेत्रमा स्थापित भएको मान्छे राजनीतिमा आउनु ठीक होला कि नहोला भन्ने दोधारले उनलाई सतायो। तर साथीभाइ र इष्टमित्र अनि घरपरिवारबाट यसलाई अवसर र सम्मानका रूपमा स्वीकार्नुपर्ने सल्लाह आएपछि नलिनाले फोरमलाई थ्याङ्क्स भन्दै समानुपातिक निर्वाचनप्रणालीअन्तर्गत हुने संविधानसभा सदस्य निर्वाचनको बन्दसूची उम्मेदवारका लागि ओके गरेकी हुन्। उनीसँगै आफ्नो क्षेत्रमा पहिचान बनाएका पूर्वगभर्नर डा. तिलक रावल, राजनीतिज्ञ विमलमान सिंह, व्यवसायी मधुसूदन अग्रवाललगायत पनि बन्दसूचीमा छन्।शुरूमा त कन्फ्युज थिएँ, पछि यसलाई अवसर र एउटा कलाकारप्रति देखाएको सम्मानभाव सम्झेर सहर्षस्वीकार गरें, नलिना भन्छिन्- यसअगाडि म फोरममा आबद्ध थिइनँ। अबचाहिँ फोरमलाई जिताउन सक्रिय भएर लाग्नेछु। अब यो मेरो दायित्व पनि हो।आफैं पनि संविधानसभा निर्वाचनको उम्मेदवार भएपछि नलिनालाई संविधानसभाबारे नेपाली जनताले धेरै प्रक्रियागत कुरा बुझ्न बाँकी रहेको महसुस भएको छ। म आफैंले पनि उम्मेदवार बन्नुअगाडि समानुपातिक निर्वाचन भनेको के हो भनेर बुझेकी थिइनँ। मैले त उम्मेदवार भएपछि नै समानुपातिक निर्वाचनप्रणालीअन्तर्गत पार्टीलाई गएको भोट डिभाइड भएर उम्मेदवारलाई जान्छ भन्ने बुझें भने धेरै सर्वसाधारणले यो कुरा बुझन बाँकी छ भन्ने मलाई महसुस भएको छ, नलिनाको भनाइ छ- म संगीतक्षेत्र छाडेर राजनीतिमा प्रवेश गर्न यो चुनावमा उठ्न लागेकी होइन। संविधानसभामा कलाक्षेत्रको प्रतिनिधित्व गर्न र कलाकारहरूको मत पनि देशको नयाँ संविधानमा समेटिनुपर्छ भनेर यो ऐतिहासिक निर्वाचनमा भाग लिन तयार भएकी हुँ। नलिनाका अनुसार फोरमका लागि उनी अब प्रचारप्रसारमा पनि जुट्नेछिन्।जनकपुरका मधेसी सञ्जीव मिश्रसँग लगनगाँठो कस्सिएपछि काठमाडौकी यी टिपिकल नेवार्नी मधेसीकी नेत्री हुन पुगेकी नलिना फोरमको चुनाव प्रचारप्रसारका क्रममा भाषणबाजीभन्दा पनि गीतसंगीतबाटै अगाडि बढ्ने बताउँछिन् । ढेरसारें बधाई और शुभकामनाएँ हे नलिनाजी आपको !

0 Comments:

 

© Deependra | Deependra