Google
Free Image Hosting

Sunday, March 30, 2008

कस्ले भन्छ राजेशका दिन गए ?

अब राजेश हमाललाई फुर्सद मात्र हुनुपर्छ । यदि उनले निर्माताहरूलाई हप्ताको तीन दिन मात्र उपलब्ध गराए भने उनले हात पार्ने छन् तीन लाख । तपाईंहरूलाई विश्वास लागेन ? विश्वास लागेन भने तपाईंले सोध्न सक्नुहुनेछ चलचित्र दानवीरका निर्माता चिरञ्जीवी बस्नेतलाई । कलाकारलाई पारिश्रमिक दिने मामिलामा निकै कञ्जुस मानिने चिरञ्जीवीले राजेश हमालले दानवीरमा तीन दिन डेट लिएबापत तीन लाख तिर्नैपर्यो । हुन त दानवीरमा रमित ढुङ्गाना र अर्जुन कार्की थिए । तर यी दुईको उपस्थितिले चलचित्रलाई खासै वजनदार नबनाउने भएपछि चिरञ्जीवी पुगे पहिले निखिल उप्रेतीकहाँ । उप्रेतीले समय नभएको जानकारी पाएपछि चिरञ्जीवीको अन्तिम विकल्प बन्न पुगे राजेश हमाल। राजेशले पनि समय छैन भनेपछि चिरञ्जीवीले भने– 'बरु तीन दिन मात्र दिनुस्। अरू दिन चाहिँदैन। अरू फिल्मबाट लिने गरेको पारिश्रमिक म दिन्छु। निर्माताको यो आग्रह नकार्न नसकेपछि राजेशले पोखरामा छायाङ्कन भइरहेको आफ्नो दुई चलचित्र विष र मौसमबाट तीन दिन निकालेर चिरञ्जीवीलाई दिइहाले र तीन लाख खुत्रुक्क खल्तीमा कोचे। यसरी राजेशले करिब एक महिनाको बीचमा पोखरामा नै तीनवटा सिनेमाबाट ३–३ लाख गरेर ९ लाख खल्तीमा हालेपछि अझै पनि दस वर्ष राजेशकै हालीमुहाली छ भन्नेहरूको सङ्ख्या बढ्न थालेको छ।

1 Comment:

Anonymous said...

visite me
http://www.lacoctelera.com/lamiacosa

 

© Deependra | Deependra