Google
Free Image Hosting

Wednesday, April 9, 2008

फर्मुला सिक्नुस् दीपकसँग: फिल्म चलाऊनुस्

एक साथ देशका १९ वटा सिनेमा हलबाट चलचित्र प्रदर्शन गर्ने रेकर्ड कायम राख्ने गोपीकृष्ण मुभिजको प्रस्तुति "पर्खी बसेँ"ले गएको शनिबार मात्रै राजधानीभित्र बाट १० लाखभन्दा बढी कलेक्शन गर्न सफल भएको निर्माण समूहको दाबी छ ।
संविधानसभाको निर्वाचन, नयाँ वर्ष, रामनवमीजस्ता राष्ट्रिय चाडका बेला नेपाली भाषी बहुल क्षेत्रमा रिलिज गरिएको यो चलचित्रले राजधानीभित्र त राम्रो व्यापार गर्न सफल भयो नै, राजधानीबाहिर पनि सन्तोषजनक व्यापार गरेको जनाइएको छ ।
अहिले यो चलचित्र भारतको राजधानी नयाँ दिल्ली र मुम्बई र मलेसियामा प्रदर्शन भइरहेको छ र त्यहाँबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको निर्माता उज्ज्वल पौडेलको भनाइ छ ।
सबैभन्दा बढी खुशी त यस चलचित्रका निर्देशक दीपक श्रेष्ठ छन् । यसअघि नै "पापी मान्छे- २" र "हिम्मत- २" पाइपलाइनमा रहेका बेला यो चलचित्रको सफलताले चाहिँ उनको करियरमा कस्तो प्रभाव पार्ने देखिएको छ त ? "धेरै जसो चलचित्र त "पर्खी बसेँ" रिलिज पहिले नै घोषणा भइसकेको हो । तर सिनेमा हिट भइसकेपछि काम गर्ने जोश निकै बढेर आउँदो रहेछ । किनभने अहिले नै पाइपलाइनमा पाँच वटा चलचित्रको काम भइरहेको छ । काम गर्ने उत्साह बढिरहेको छ", निर्देशक श्रेष्ठले बताए ।
त्यसो त दीपक श्रेष्ठ नेपाली चलचित्र उद्योगमा हिट चलचित्र दिने निर्देशकमा गनिइन्छन् र केही व्यक्तिहरुले त "पर्खी बसेँ"लाई तुलसी घिमिरेको "दर्पण छायाँ"सँग तुलना गरिदिएपछि उनको उत्साह अझ दुइ गुणा बढेको छ । नयाँ कलाकारहरु लिएर पनि दर्शकहरुले सिनेमालाई रुचाइदिएकोमा उनी निकै हौसिएका छन् ।
फिल्म बनाएर मात्र हुदैन,चलाऊन पनि जान्नुपर्छ । र, फिल्म चलाऊने रणनीति जान्न दीपक श्रेष्ठसँग सिक्नैपर्छ । होईन त ?

0 Comments:

 

© Deependra | Deependra